लायन्स क्लबका संस्थापक सदस्यहरूसँगै समाजसेवी श्रेष्ठ सम्मानित

काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लायन्स क्लबका संस्थापक सदस्यलाई सम्मान गरेको छ । क्लबले के एल दुगड र मूलचन्द्र राठीसँगै अन्य ६ जना समाजसेवीलाई सम्मानित गरेको हो ।
सम्मानित हुनेहरूमा लोकतान्त्रिक योद्धा ईन्दु नौलखा, समासेवी एवं उद्योगी व्यवसायीहरू शेषनारायण श्रेष्ठ, मुकुन्दराज पाण्डे र नन्द किशोर राठी रहेका छन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले क्लब इन्टरनेशनलले विशेषत बालबालिका क्षेत्रमा काम गर्नु पर्ने बताएकी थिइन् ।

उनले लायन्स क्लबका संस्थापक र लोकतान्त्रिक योद्धा नौलखालाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको प्रतिक्रिया दिएकी थिइन् । यसअघि उनले यही विषय उल्लेख गरेकोमा लायन्स क्लब ३२५ ए वानले अहिलेसम्म ४ सयभन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताइएको थियो ।
उक्त अवसरमा सम्मानित भएकी इन्दु नौलखाले आफ्नो विवाहमा आएको सय तोला सुन नेपाली कांग्रेसलाई दिएको बताएकी थिइन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया