माधव नेपालले भने : नेपालमा विदेशी सेना रहेको सुनेँ
मेरोन्यूज
२०७९ जेठ ३० गते १७:३६

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले कुनै पनि देशको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जिज्ञास राख्दै परराष्ट्र नीतिको ख्याल गर्न सरकारलाई सुझाव दिए ।
प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे संसद र नागरिकलाई जानकारी दिनु पर्ने भन्दै अध्यक्ष नेपालले यसको तयारीबारे जिज्ञासा राखे ।
पहिलोपटक आफूले नेपालमा विदेशी सेना रहेको सुनेको जानकारी दिँदै उनले यसबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘समितिमा धेरै कुराहरू उठेका छन्, विदेशी सेना नेपालमा छन् भन्ने पनि भर्खरै पहिलोचोटि सुनेँ,’ बैठकमा उनले भने, ‘त्यो हो भने गम्भीर कुरा हो, कहाँ छन् ? कुन कुन देशका छन् ?’
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया