काठमाडौंमा एकैदिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही, मापसे गर्ने १३३ जना
मेरोन्यूज
२०७९ जेठ ३१ गते १०:५७

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २२० जना सवारी चालमाथि कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउने १३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०९ जना, लेन उल्लंघन गर्ने ५३ जना सवारी चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया