‘अमेरिकाद्वारा प्रस्तावित एसपीपीमा सम्झौता भए गम्भिर राष्ट्रघात’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकीकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए । उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भूमिकालाई थप मजबुद बनाउन उक्त सम्झौताले सहयोग गर्ने बुझाइमा नेपाल सरकार रहेको बताएका छन् ।
‘नेपाली सेनाको सशक्तिकरणका लागि नेपाली सेनाको आधुनिकीकरण र नेपाली सेनाको सैन्य क्षमता वृद्धि तथा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाले खेलेको महत्वपूर्ण शान्ति सेनाको भूमिकालाई थप क्रियाशील र मजबुद बनाउनका लागि हो भन्ने बुझाइमा नेपाल सरकारले काम गरिराखेको छ,’ सांसद विश्वकर्माले भने, ‘अमेरिकी सेना र सेनाका प्रतिनिधि पनि विगतमा पनि आउनुहुन्थ्यो अहिले त्यसै सीमाभित्र रहेर आएको भन्ने म बुझ्दछु ।’
यस्तै, नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताए । आफूले एमसीसी पारित गर्दा नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुँदैछ भन्ने आशंका गरेको उल्लेख गरे ।
नेता रावलले एसपीपीको दफा र घटनाक्रमले त्यतै संकेत गरेको उनको भनाइ छ । यसको विषयमा सरकारले यथार्थ स्पष्ट गराउनु पर्ने उनले बताए ।
‘यदि, त्यस्तोमा नेपालले प्रवेश गर्ने हो भने नेपालको संविधानको धारा ५१ को (ड) र अरु २७९ (दुई सय उनासी), अरु सबै हाम्रो जुन अहिले असंलग्न स्वतन्त्र परराष्ट्र नीति हो, जो संयुक्त राष्ट्रसंघको वडापत्रमा आधारित छ, असंलग्न पञ्चशिलका सिद्धान्तमा आधारित छ,’ नेता रावलले भने, ‘हामी चीन र भारतजस्ता विशाल देशमा रहेको जुन प्रकारको संवेदनशील भूराजनीतिमा छौँ, यो देशको सम्पूर्ण रुपमा परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ, त्यस्तो गम्भिर कुरा बाहिर आएको छ, यो विषय नेपालजस्तो देशका लागि अत्यन्त गम्भिर विषय छ, अहिले घटनाक्रमले त्यो कुरातर्फ संकेत गरिरहेका छन्, र त्यो कुरा दिनदिनै अझ प्रवल रुपमा अगासड देखा पर्दै आएको छ, यस विषयमा नेपाल सरकारले जनतालई स्पष्ट पार्नुपर्छ, नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि आँच पु¥याउने यस्तो कुरा कदापी स्वीकार्य हुन सक्दैन ।’
यसैगरी, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपी सम्झौता गरिए राष्ट्रघात हुने र नेपाली सेना आइपीएसको अंग बन्न जाने बताए । यसले नेपालको राष्ट्रिय स्वाधिनतामाथि ठूलो समस्या पैदा गर्ने उनले बताएका थिए । उनले सरकारले त्यस प्रकारको सन्धी, सम्झौता नगर्नेमा विश्वास व्यक्त गरे ।
‘यदि, त्यो सम्झौता भयो भने बिडम्बनाको विषय बन्छ, नेपालको राष्ट्रिय अस्मितामा गम्भिर घात बन्छ, गम्भिर राष्ट्रघात हुन्छ र नेपाली सेना अमेरिकी सेनाको आइपीएसको अंग बन्न जान्छ,’ नेता गुरुङले भने, ‘आइपीएसको अंग बन्न गइसकेपछि नेपालको भूराजनीतिक स्थितिको सम्बन्धमा नेपालको स्वाधिनतामाथि ठूलो समस्या पैदा हुन्छ, त्यसैले गर्दा यसप्रकारको सन्धी, सम्झौता गरिनु हुँदैन भनेर हामीले सजग गराउने प्रयास गरिरहेका छौँ, सरकारले त्यसप्रकारको सन्धी, सम्झौता गर्ने छैन भन्ने कुरामा हामी आशावादी छौँ ।’
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले आफूहरु संविधानको व्यवस्थाअनुसार पञ्चशिल र असंलग्न परराष्ट्र नीतिको पक्षधर रहेको उल्लेख गर्दै एसपीपी सम्झौताको विषय हल्ला मात्रै भएको बताए । यो विषय एमसीसीको बेलादेखि हल्लाको रुपमा रहेको उनले उल्लेख गरे ।
















दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया