करेन्ट लागेर दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार १ गते १३:५९

काठमाडौं । काठमाडौं र बाग्लुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो ।
सुन्दरीजल मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाग्लुङको बडीगाड गाउँपालिका–२ सकनेरा बस्ने ३२ वर्षीय छबिलाल बलामीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
सोही गाउँपालिका–५ न्वारास्थित खोलामा ६ जना व्यक्तिहरु माछा मार्न गएकोमा छबिलालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ग्वालिचौरबाट खटिएको प्रहरीले मृतकसँग गएका ५ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया