जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित, दैनिक १ लाख जनामा सङ्क्रमण

बर्लिन । जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको पाइएको बताएका छन् ।
यहाँ मङ्गलबार मात्र १ लाख भन्दा बढी सङ्क्रमित देखिएका छन् । ती सङ्क्रमितहरु गएको अप्रिल महिनादेखि पहिलो पटक यतिधेरै सङ्क्रमित देखिएका बताइएको छ ।
जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले दिएको जानकारी अनुसार यहाँ पछिल्लो समयमा कारोनाा सङ्क्रमित बढेका छन् र मङ्गलबार मात्र १ लाख जना भन्दा बढीमा सो सङ्क्रमण पाइएको छ ।
यहाँ गएको अप्रिल महिनामा ओमिक्रोन भेरियन्ट आएपछि दैनिक करिब १ लाख सङ्क्रमित पुग्ने गरेका थिए । त्यसपछि पछिल्ला केही हप्तामा यहाँ सङ्क्रमितहरु घट्दै गएकामा अहिले दैनिक १ लाख जति पुग्न लागेका बताइएको छ ।
यहाँको सरकारले सार्वजनिक स्थलहरुमा हुने जमघट तथा अन्य कतिपय कार्यहरुमा आगामी दिनमा के कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छलफल गरिरहेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।
















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया