मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मागदाबी गर्दै यौन दुर्व्यवहारको मुद्दा दर्ता

काठमाडौं । सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको प्रकरणमा मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार पाण्डेविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको हो । पाण्डेविरुद्ध मानव बचेबिखन तथा ओसारपसारको कसुरमा र बाल यौन दुर्व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको हो ।
मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागी (प्रतिस्पर्धी)लाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो। पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो ।


















सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया