बागमती प्रदेशको बजेटः निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म

हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०७९/०८० को बजेटले मिर्गौला रोगीका लागि निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्मलाई समेटिएको छ ।
प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मत सम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मामोग्राफी मेसिन खरिद गरी निःशुल्क सेवा प्रदान गरिने भएको छ ।
महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी पाठेघर खस्ने समस्या, अब्सट्रेटिक फिस्टुला लगायतका समस्याहरुको शिविरमार्फत समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गरिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रमका लागि २८ करोड रूपैयाँ गरिएको छ ।
बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेटले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रको स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र विपन्न वर्गसम्मलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्न मद्धत पुर्याउने स्वास्थ्य मन्त्री निमा लामाले प्रतिक्रिया दिए ।
प्रदेशको बजेटमध्ये स्वास्थ्य मन्त्रालयमा ४ अर्ब ८९ करोड २३ लाख बजेट विनियोजन भएको छ ।
















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया