शुक्रबार, माघ २३, २०८२

अमेरिकाको एसपीपीमा नेपाल छैन, हुँदैन : सरकार

मेरोन्यूज २०७९ असार २ गते १५:०९

काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नभएको स्पष्टिकरण दिएको छ र

रक्षा मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा नेपाल संलग्न नभएको र नहुने बताएका हुन् ।

‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन, संलग्न हुने सोच पनि छैन, नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘नेपालको कुनै संलग्नता छैन ।’

मन्त्री खाँणले प्राकृतिक विपदका अवस्थामा भने मानवीय सहायताका लागि नेपालमा चाहेमा सहयोग लिने बताए । ‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन, भोलि पनि हुँदैन,’ उनले भने ।

प्रतिक्रिया