भ्रष्टाचारको मुद्दामा सिन्धुपाल्चोकका तत्कालीन अधिकृतिसहित ६ जनाविरुद्ध उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७४–७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालीन इञ्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सव–इञ्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द यादव, बलेफी लेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा रहेका छन् ।
उनीहरुविरुद्ध दायर गरिएको मुद्दामा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ बिगो दाबी गरिएको छ ।
















पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
प्रतिक्रिया