सोमबार, पुष २८, २०८२

टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

मेरोन्यूज २०७९ असार २ गते १८:१२

काठमाडौँ । प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यो उत्पादनमा टाटा मोटरको डिजेल इञ्जिन जडान गरिएको छ ।

विभिन्न प्रयोजनका लागि उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो साथै कम खर्चिलो छ । २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ ।

‘हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौँ, टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्नेतर्फ कटिबद्ध
छ,’ टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाईअन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले भने ।

यसैगरी, सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकको इच्छा र आवश्यकतालाई पूरा गर्ने प्रतिबद्ध व्यक्त गरे ।

सीपीसीबी २ सम्बन्धि उत्सर्जन मापदण्डअन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्य क्षमता देखाउँछ । यसका विशेष प्रकारको इञ्जिनको आयु लामो छ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगका लागि अन्तर्राष्ट्रिय स्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता छ ।

निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त छ ।

प्रतिक्रिया