पेट्रोलियम पदार्थमा मूल्य बढेर आयो, समायोजन गर्न बाँकी
मेरोन्यूज
२०७९ असार २ गते १८:५४

काठमाडौं । भारतीय आयल निगम (आईओसी)ले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाउको छ । जसअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा रहेको छ ।
यस्तै, डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । नयाँ मूल्य सूची प्राप्त भएसँगै नेपाल आयल निगमको लागत मूल्य बढेको छ ।
बढेको मूल्यअनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा, खाना पकाउने ग्याँसमा २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको घाटा आकाशिएको छ ।
अहिले बिक्री मूल्यअनुसार पेट्रोल र डिजेलमा घाटा प्रतिलिटर क्रमशः ३१ रुपैयाँ २८ पैसा र ३७ रुपैयाँ १६ पैसा पुगेको छ । निगमको १५ दिनमा अनुमानित ४ अर्ब ८१ करोड ९१ लाख घाटा भएको छ ।
निगमले बढेर आएको पेट्रोलिय पदार्थको मूल्यअनुसार मूल्य समायोजन गर्न बाँकी रहेको छ ।

सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया