बिहीबार, माघ ८, २०८२

निहारिकालाई बलात्कार गर्ने आरोपीलाई झिकाउन आदेश

मेरोन्यूज २०७९ असार २ गते २०:२७

काठमाडौँ । निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको छ । उच्च अदालत जनकपुरले यस्तो आदेश दिएको हो ।

न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको हो । धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ का श्रेष्ठविरुद्ध निहारिकाले गत असोजमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् ।

आरोपित श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पठाइसकिएको अदालले जनाएको छ । श्रेष्ठले आफूलाई फकाएर जबर्जस्ती करणी गरेको निहारिकाको आरोप छ । करणीपछि गर्भ बसेको र छोरा जन्मेको उनको भनाइ छ ।

निहारिहका आफ्ना २१ महिने छोरासहित एक सातादेखि अनसन बसिरहेकी छन् ।

प्रतिक्रिया