सोमबार, पुष २८, २०८२

नोकिया जी २१ को नयाँ मोडल सार्वजनिक

मेरोन्यूज २०७९ असार २ गते २०:५८

काठमाडौँ । नोकिया फोनको उत्पादक तथा वितरक एमएमडी ग्लोबलले नोकिया जी सिरिजअन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । यस ब्राण्डमा सर्वाधिक ब्याट्री टिक्ने छ ।

एचएमडी ग्लोबलका भाइस प्रेसिडेण्ट रवि कुँवरले नोकिया फोनहरु सबैको रोजाइमा पर्न सफल भएको बताए । फोनको ब्याट्री धेरै टिक्ने भएकाले सबैको रोजाइमा परेको उनको दाबी थियो ।

महत्त्वपूर्ण डेटा सुरक्षित राख्नका लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटसहित आएको यो नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ । जसले फेस मास्क लगाइको स्थितिमा फेस पहिचान गरी अनलक गर्न सक्छ ।

६–१२८ जिबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २२ हजार ९९९ रुपैयाँ रहेको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरका सम्पूर्ण रिटेल स्टोरमा उपलब्ध छ ।

प्रतिक्रिया