यु-१२ टेनिसः नेपाल छनोट हुन सकेन

काठमाडौं । नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता ९रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया० बाट छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज÷गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो ।
प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल सन् २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा छनोट भएको थिएन ।
नेपालमा सन् २०१७ मा भएको पहिलो संस्करणमा ब्वाइज टिम छनोट भएको थियो । २०१८ मा नेपालमै भएको दोश्रो संस्करणमा ब्वाइज\गल्स दुवै टिमले छनोट चरण पार गरेका थिए । २०१९ मा बंगलादेशमा भएको तेश्रो संस्करणमा ब्वाइज टिम छनोट हुन सफल भएको थियो । २०२१ मा कोभिड– १९ का कारण प्रतियोगिता भएन ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा शुक्रबार नेपाली ब्वाइज÷गल्र्स दुवै टोलीले हारको शृंखलामा ब्रेक लगाएका छन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित ग¥यो ।
सिंगल्समा असभसम्राट हाडाले सलामलाई ६–० र ६–० तथा वृजेश आर्यलले नियाजलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरे । डबल्समा वृजेश र आद्रित नेपालको जोडीले कलिम र नियाजको जोडीलाई ६–४ र ६–१ को सीधा सेटमा हराए । यसअघि नेपाल लगातार दुई खेलमा चुकेको थियो ।
गल्र्समा लगातार तीन खेलमा हार सामना गरेको नेपालले चौथो खेलमा भुटानमाथि ३–० को जित रच्यो । सिंगल्समा कर्मिस्था नुगाह श्रेष्ठले छिरिङ तथा शिभाली गुरुङले वाङमोलाई पाखा लगाए । डबल्समा प्राज्ना मानन्धर र कर्मिस्थाको जोडीले छिरिङ र वाङमोको जोडीलाई पन्छाए । तीनै स्पर्धामा सहज जित निकालेको नेपाल समान ६–० र ६–० ले विजयी रह्यो ।
प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्तान फाइनलमा प्रवेश गरेका छन् । गल्र्सको राउन्ड रोविन लिगमा पहिलो हुँदै भारत र दोश्रो बन्दै श्रीलंका फाइनलमा पुगे । चारै टोली फाइनल प्रतियोगिताका लागि छनोट भए , प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।









‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
कालीकोटमा सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
चितवनमाथि काठमाडाैंको सहज जित
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया