एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालले भुटानलाई ५० रनले हरायो

काठमाडौँ । मलेसियाको बांगीस्थित यूकेएम-वाईएसडी क्रिकेट ओभलमा आयोजना भएको एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको छ ।
पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपाली टिमले अब १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाएकी थिइन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् । अन्य ब्याट्सवुमेनले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भुटानका लागि सोनामले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएकी थिइन् । त्यस्तै अन्जु गुरुङ र टासी चेकीले १र१ विकेट लिए ।
९५ रनको लक्ष्य पाएको भुटान भने ४४ रनमै समेटियो । भुटान १७.५ ओभरमै अलआउट भएको हो । छिरिङ जाङ्मोबाहेक भुटानका लागि कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । छिरिङले २८ बलमा १६ रन बनाएकी थिइन् ।
नेपालका लागि सबनम राईले किफायती बलिङ गर्दै सर्वाधिक ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले ६ रन मात्र खर्चिएकी थिइन् । त्यस्तै कविता कुँवर र सीता राना मगरले २-२ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र इन्दु बर्माले १/१ विकेट लिए ।
जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् ।
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया