बुधबार, वैशाख २३, २०८३

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा फेरि अर्का शिक्षक पक्राउ

मेरोन्यूज २०७९ असार ३ गते १२:५१

गुल्मी । आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा फेरि अर्का शिक्षक पक्राउ परेका छन् । केही समय अगाडी पनि आफ्नै विधालयकी छात्रालाइ दुर्व्यवहार गरेको आरोपमा काठमाडौंमै शिक्षक पक्राउ परेका थिए ।

Advertisement
NiccNicc

तर यो घटना भने गुल्मीको हो । गुल्मी प्रहरीले आफ्नै विधालयमा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ।


पीडक शिक्षक र पीडित भनिएकी छात्रा एउटै विद्यालयको भएकोले प्रहरीले आरोपितको समेत नाम गोप्य राखेको छ।

कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार, घटना १५ दिन पहिलेको हो । तर पनि अभिभावकले ढिलोगरी उजुरी दिएपछि बुधबार मात्रै ती शिक्षकलाई पक्राउ गरिएको हो ।

‘घटना जेठ १७ गतेको रहेछ, तर अभिभावकले बुधबारमात्रै जाहेरी दिनुभयो, जाहेरी प्राप्त भएपछि बुधबार नै उनलाई पक्राउ गरिएको छ,’ प्रहरी नायब उपरीक्षक खरेलले भने।

खरेलले बुधबार पक्राउ परेका शिक्षक उपर बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धानको काम सुरू गरिएको बताए।

प्रतिक्रिया