परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी

इस्लामाबाद । पाकिस्तानका पूर्वसैन्य नेता परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ ।
स्रोतका अनुसार मुशर्रफलाई एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ । जियो न्युजका अनुसार उनलाई स्वदेश ल्याएर नै थप उपचार गर्ने तयारी भइरहेको छ । परिवारले मुसरफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ ।
पूर्वराष्ट्रपति मुशर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबईमा छन् । मुशर्रफको स्वास्थ्यमा समस्या आएको खबर सार्वजनिक भएपछि गठबन्धन सरकारको प्रमुख घटक पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र सैन्य नेतृत्वले पूर्वराष्ट्रपतिलाई स्वदेश फर्कन चाहेको खण्डमा स्वदेश ल्याउनुपर्ने बताएको थियो ।
पीएमएल–एन प्रमुख नवाज सरिफले गत साता गठबन्धन सरकारलाई मुशर्रफलाई पाकिस्तान फर्कन चाहेको खण्डमा सहजीकरण गर्न आग्रह गरेका थिए ।
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया