बुधबार, वैशाख ९, २०८३

नबिल कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न बैंक र कतारएयरवेज बिच सम्झौता

मेरोन्यूज २०७९ असार ५ गते १७:४५

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट मिति २०७९।०३।१७ गते देखी लागु हुनेछ ।

Advertisement
NiccNicc

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर श्री मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर श्री सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस साझेदरी अन्तर्गत Business र Economy Class हवाई टिकटमा उत्त १०∞ छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्नेहुन्छ ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संस्था,, Skytrax द्वारा 5-Star Covid-19 Airline Safety Rating

हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय हावाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्रा ग्राहकहरूका लागि यो साझेदारी लाभदायक हुने भनि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरीले शाह बताए।


सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ ATM र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया