एनएमबि बैंकले ल्यायोे मुद्दतीमा डब्बल प्रतिफलको योजना

काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना “एनएमबि डबल मुद्दती” र “एनएमबि जन्मभूमि डबल मुद्दती” सार्वजनिक गरेकोे छ ।
“एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु.५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ । त्यसैगरी, “एनएमबि जन्मभूममि डबल मुद्दती योजना” मा नेपालीहरुले वैदेशिक रोजगारिबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।
सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया