डिजेलमा १४ र पेट्रोलमा १० प्रतिशत मूल्य वृद्धि, कुनको मूल्य कति ?
मेरोन्यूज
२०७९ असार ६ गते ६:२२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य वृद्धी गरेको छ ।
निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
योसँगै आजदेखि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पर्ने भएको छ । यस्तै, एक लिटर डिजेल र मट्टीतेलका लागि १९२ रुपैयाँ खर्च गर्नु पर्ने भएको छ ।
निगमले हवाई इन्धनमा समेत मूल्य वृद्धि गरेको छ । जसमा आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको हो ।
खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ । यसअघि खाना पकाउने ग्यासको मूल्य एकैपटक दुई सय रुपैयाँ वृद्धि गरेको थियो ।
बढेको मूल्य आजदेखि लागु हुने निगमले जनाएको छ ।

सम्बन्धित













यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया