आज फलफूलको भाउ : प्रतिकिलो १७ देखि ४७५ रुपैयाँसम्म
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । आज कालीमाटीमा तरकारी र फलफूलको भाउ प्रतिकेजी १७ रुपैयाँदेखि ४७५ रुपैयाँसम्म छ ।
आज सबैभन्दा सस्तो चिचिण्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने सबैभन्दा महंगो किवी र आभाकाडो प्रतिकेजी ४७५ रुपैयाँको रहेको छ ।
हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ८५ रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ ५० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ, कागती १६० रुपैयाँ, कुरीलो २७५ रुपैयाँ र हरियो अकबरे खुर्सानी २७५ रुपैयाँ रहेको छ ।
त्यस्तै, लोकल गाजर प्रतिकेजी ८५ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, ठूलो नेपाली गोलभेडा ९५ रुखपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, राजमा घिउ सिमी ८५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगुनी २७ रुपैयाँ ५० पैसा, रहु माछा ३२० रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, परवर २९ रुपैयाँ, पालूगो साग ९५ रुपैयाँ, पुदीना २७५ रुपैयाँ, तने बोडी ४५ रुपैयाँ र ब्रोकाउली १६५ रुपैयाँ पर्नेछ ।
यो थोक मूल्य हो । बजारमा उपभोक्ताले योभन्दा बढी मूल्य तिर्नु पर्ने हुन्छ ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया