सोमबार, पुष २८, २०८२

जुनलाई राष्ट्रिय योग महिनाका रुपमा मनाउँदै आर्ट अफ लिभिङ

मेरोन्यूज २०७९ असार ६ गते ११:३७

काठमाडौँ । ‘आर्ट अफ लिभिङ’ले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशाला र जनचेतनामूलक अभियान सञ्चालन गर्दै जुन महिनालाई योग महिनाको रूपमा मनाउँदै आएको छ ।

यसै सिलसिलाअन्तर्गत यो वर्ष आर्ट अफ लिभिङले विभिन्न सरकारी तथा निजी विद्यालय, कलेज, आर्मी क्याम्प, सशस्त्र प्रहरी बल र अन्य संस्थाका लागि योग कक्षा सञ्चालन गर्दै छ । आर्ट अफ लिभिङले विश्व सम्पदा क्षेत्रमा पनि योग महोत्सव आयोजना गर्दैछ । जहाँ विभिन्न पेशा, व्यवसाय र उमेर समूहका मानिस स्वतन्त्र रूपमा सहभागी हुन सक्छन् । असार १३ गते बसन्तपुर दरबार स्क्वायरबाट शुरु भएको यो कार्यक्रममा विभिन्न पृष्ठभूमिका सयभन्दा बढी व्यक्तिले योग गरेका थिए ।

यो योग श्रृङ्खला महादेवथान,मातातीर्थ,स्वयम्भुनाथ स्तुपा, बौद्धनाथ स्तुपा लगायत काठमाडौँका अन्य विभिन्न स्थानहरुमा संचालन गरिएको थियो । सद्भाव र सदाचार्यको नेपाली संस्कृतिलाई झल्काउँदै आईटी व्यवसायीहरु, विद्यार्थीहरू, ब्रिटिश गोर्खा प्रशिक्षार्थीहरूलगायत मानिसहरु सहभागी हुँदै आएका छन् । यस्तै, आर्ट अफ लिभिङ नेपालले आर्मी र सशस्त्र प्रहरी बलका लागि क्रमशः जुन २० र जुन २२ मा विशेष योग कार्यक्रम तय गरेको छ ।

आर्ट अफ लिभिङ नेपालका योग गुरुहरुले काठमाडौँ उपत्यका बाहिर पनि पोखरा, चितवन, लुम्बिनी, बुटवल, भैरवा, धनगढी, दाङ, विराटनगर, झापा लगायतका स्थानमा निःशुल्क योग कक्षा सञ्चालन गर्दै आएका छन् । योगा को–अर्डिनेटर रिया थापाको संयोजकत्वमा यी योग कक्षा संचालन भइरहेका छन् ।

मानव स्वास्थ्य र खुशीमा केन्द्रीत आर्ट अफ लिभिङ नेपालको यो वर्षको योग दिवसको थिम “मानवताका लागि योग” रहेको छ । कार्यक्रमको अन्त्यमा साँझको सत्संग र आर्ट अफ लिभिङका संस्थापक, आध्यात्मिक गुरु एवम मानवतावादका प्रवर्तक् श्री श्री श्री रवि शंकरद्वारा पतञ्जलि योगको बारेमा प्रवचन पनि सुनाउने कार्यक्रम रहेको छ । वहाँ आँफै पनि सम्पूर्ण विश्वको लागि अनलाइन योग कक्षा सञ्चालन गर्नु हुन्छ ।

प्रतिक्रिया