लागुऔषध ओसारपसार गर्ने २ भारतीय सहित ३ जना पक्राउ

काठमाडौं । सिरहामा लागूऔषध र ४३ हजार ५ सय रूपैयाँ नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-७ बस्ने १८ वर्षका गौतम ठाकुर, भारत मधुवनी जिल्ला, पञ्चायत राजनगर थाना फेरण श्रीपट्टी घर भई लहान बस्ने २१ वर्षीय मोहमद अख्तर र मधुवनीकै ग्राम पंचायत खरियोग थाना पिप्राहीका २७ वर्षीय धर्मेन्द्रकुमार ठाकुर रहेका सिरहाका प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा आइतबार मध्यरात प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीको नेतृत्त्वमा खटिएको प्रहरी टोलीले लहान-८ स्थित मोहमद अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान-१ स्थित दयाराम ठाकुरको घरमा खानतलासी गर्दा पसल र घरबाट लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले फेनारगन, डाइजिल्याव र व्युप्रिनोर्फिन गरी २४ सय १५ एम्पुल, नाइट्राभेट ४८० र स्पामोप्राक्सिभिन ४३२ ट्याबलेटका साथै डाइलेक्स डिसी नामक लागुऔषध ४३९ बोतल बरामद गरिएको जनाएको छ । उनीहरूबाट ज१प ४७५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।
















अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया