एन्फा निर्वाचन: महिला सदस्यमा सरिला र पेमा निर्वाचित
मेरोन्यूज
२०७९ असार ७ गते ७:२०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका छन् ।
नेपाली फुटबलको सर्वोच्च निकायको नयाँ नेतृत्व चयनका लागि सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा निर्वाचन भएको थियो ।
सोही निर्वाचनबाट महिला सदस्य पदमा ४३ मतसहित लामा र ४६ मतसहित श्रेष्ठ विजयी भएका हुन् । महिला सदस्यमा उम्मेदवारी दिएका विन्द्रा देवान ३९ र विना श्रेष्ठ ४० मत मात्र पाउँदा पराजित भए ।
अध्यक्ष पदमा यसअघि नै पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भइसकेका छन् । यस्तै, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दावा लामा र दीपक खतिवडा विजयी भएका छन् ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया