हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा
मेरोन्यूज
२०७९ असार ७ गते १२:३७

काठमाडौं । नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ । सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।
यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ ।
प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् ।प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया