विकास ऋणपत्रको ब्याजदर हालसम्मकै उच्च, १५ अर्बको निष्कासन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने विकास ऋणपत्रको ब्याजदर हालसम्मकै उच्च भएको छ । वित्तीय क्षेत्रमा देखिएको तरलता तथा कर्जा लगानीयोग्य रकम अभावको असरले विकास ऋणपत्रको ब्याजदर पनि बढेको हो ।
आज मंगलबार पनि नेपाल राष्ट्र बैंकले ‘विकास ऋणपत्र २०८४’ नामक ५ वर्ष अवधिको १५ अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र निष्कासन गर्दै छ । सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरिदमा खासै चासो देखाएको देखिँदैन ।
अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन दिन सकिने छ । ऋणपत्रमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सकिने छ । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात् दुई अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ ।
अनुत्पादक क्षेत्रमा विस्तार भएको उच्च लगानीका कारण बढेको वित्तीय क्षेत्रको तरलता अभावको समस्याले समग्र वित्तीय क्षेत्रको ब्याजदर बढाएको छ । बैंकहरूले कर्जा लगानी गर्नसक्ने अवस्थासमेत नभएपछि ऋणको माग कम गर्न नेपाल राष्ट्र बैंकले नीतिगत रूपमै ब्याजदर बढाएको छ ।
विकास ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने भए पनि ब्याजदर ९ प्रतिशतभन्दा माथि पुगेको हो । यसभन्दा अघि २४ जेठमा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको १५ अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्रमा ५१ अर्ब ३९ करोड रुपैयाँ बरावरको आवेदन परेको थियो । चार वर्षको अवधिमा परिपक्व हुने ऋणपत्रको कट अफ रेट ९।२० प्रतिशत कायम भएको छ । यो कट अफ रेट ०७० यताकै उच्च हो ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया