आइतबार, वैशाख १३, २०८३

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बीच सम्झौता

मेरोन्यूज २०७९ असार ७ गते १८:३०

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

Advertisement
NiccNicc

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “Century Pay” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर (Smart QR) मार्फत गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजुज्यूू र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत श्री शंकर केसी ज्यूूले हस्ताक्षर गर्नुभयो ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

प्रतिक्रिया