बिहीबार, माघ ८, २०८२

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउन आदेश

मेरोन्यूज २०७९ असार ७ गते १८:५३

काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको बताईएको छ ।

कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट सन्तुष्ट नभएको’ बताउँदै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको जेठ पहिलो साता विद्यार्थीहरुले सार्वजनिक गरेका थिए ।

कलेज प्रशासनले कारबाही गर्न तादरुकता नदेखाएपछि उनीहरुले प्रदर्शन नै गरेका थिए ।

प्रतिक्रिया