बालसुधार गृहमा स्थानान्तरण गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण

भैरहवा । रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई स्थानान्तरण गर्न खोज्दा प्रहरी माथि आक्रमण भएको छ । अत्याधिक चापका कारण १७ जना बालकलाई विभिन्न स्थानमा स्थाना्तरण गर्न खोज्दा भित्र रहेका किशोरहरुले प्रहरी माथी नै आक्रमण गर्दा रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भएका छन् ।
डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागे पछि उपचाररत छन् ।

कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । आज स्थानान्तरण गर्न खोज्दा उनीहरुले अनेक गतिविधी गरी प्रहरी माथिननै आक्रमण भएको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।
‘बढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनिय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौ, ठूलाहरुले साना किशोर माथि दमन गर्दै पनि आएका थिए’ बाल सुधार गृह प्रमुख गौतमले भनिन् ।

जान्न भन्दै किशोरहरु आक्रोशित भई भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएपछि दमकलले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिइन् ।
















काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
झापाका ९५ मतदानस्थल अति संवेदनशील
कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया