बिहीबार, वैशाख १०, २०८३

इच्छाराजलाई धरौटीमा छाड्नेबारे न्यायाधीश र अधिवक्ताबीच २ करोडको डिल भएको अडियो सार्वजनिक

न्याय परिषद्को बैठक दिउँसो साढे १ बजे बस्दै

मेरोन्यूज २०७९ असार ८ गते ११:२२

काठमाडौं । ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न दुई करोडको डिल भएको अडियो सार्वजनिक भएको छ। करिब १० मिनेट लामो उक्त अडियोमा अधिवक्ता रूद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई यस्तो अवसर फेरि नआउने भन्दै धरौटीमा छोड्ने आदेश दिन भनेका छन् ।

Advertisement
NiccNicc

उक्त अडियो सार्वजनिक भएपछि छलफल गर्न कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले आज न्याय परिषद्को बैठक डाकेका छन्। बैठक दिउँसो साढे १ बजे बस्दै छ।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। न्युज २४ को टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण भएको थियो।

घुस डिल गर्ने अधिवक्ता पोखरेल नेकपा एमाले निकट हुन्। केपी शर्मा ओलीले संसद विघटन गरेपछि पोखरेलले ओलीका पक्षमा सर्वोच्चमा बहस गरेका थिए। उनी एमालेको कानुन विभागका सदस्य हुन्।

प्रतिक्रिया