एकीकृत समाजवादीको लगातार ४ दिन बैठक, एजेण्डा तय गर्न नेताहरु छलफलमा

काठमाडौं । एकीकृत समाजवादीले असार १० देखि लगातार ४ दिनसम्म बोलाएको पार्टी बैठकको आन्तरिक तयारी र एजेण्डा निर्माणका लागि नेताहरु छलफलमा जुटेका छन् । पार्टीका पदाधिकारीहरु अहिले बैठकको एजेण्डा तय गर्न पार्टी मुख्यालय आलोकनगर तीनकुनेमा छलफलमा बसेका हुन् ।
छलफलमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाल , उपमहासचिव गंगालाल तुलाधर लगायतका पदाधिकारीहरु अहिले छलफलमा छन् ।
एकीकृत समाजवादीले १० असारमा पोलिटब्युरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाएको छ । बैठकमा पार्टीले मन्त्री हेरफेरबारे गरेको निर्णय र त्यसको कार्यान्वयनका विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा पार्टी संगठन र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल हुने छ । एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिएको छ । उसले असारमै सिटको भागबन्डा टुंग्याउन दबाब दिँदै आएको छ ।
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया