गोरखामा संरक्षण क्षेत्रभित्र बढ्यो ‘जडीबुटी’ तस्करी

गोरखा । मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० को म्याद थप नहुँदा जडीबुटीको चोरी तस्करी बढेको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा पर्ने संरक्षण क्षेत्रको वनबाट जडीबुटी तस्करी हुने गरेको हो ।
यस संरक्षण क्षेत्रभित्र पाइने सेतो चिनी, यार्सागुम्बा, सतुवा, वनलसुन लगायतका बहुमूल्य जडीबुटीहरूको खुलेआम चोरी तस्करी हुने गरेको स्थानीयहरू बताउँछन् ।
‘अहिले त कतैबाट अनुमति पनि नलिई संरक्षण क्षेत्रबाट धमाधम जडीबुटी चोर्ने काम भइरहेको छ । यहाँका प्रहरी, प्रशासन जनप्रतिनिधि सबै मौन छन् । उनीहरुको मौनताले यहाँ आर्थिक चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ’, नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘यदी त्यहाँ आर्थिक चलखेल नभएको भए किन तस्करी हुँदा पनि मौन छन् रु’
म्याद सकिनुअघि एमक्यापले नै यस क्षेत्रबाट जडीबुटी उत्खनन तथा ओसारपोसार गर्न अनुमति दिन्थ्यो । तर, एमक्यापको म्याद थप नहुँदा अहिले अनुमतिविनै जडीबुटीको चोरी निकासी भएको हो ।
‘अहिले हामीले अनुमति दिएका छैनौँ । हाम्रो आयोजनाको म्याद सकिसकेको छ । तर, म्याद थप भएको छैन । हाम्रो म्याद सकिएपछि हामीसँग अनुमति दिने अधिकार छैन,’ एमक्यापका सूचना अधिकारी अचित तुम्बाहाम्फेले भने । उनका अनुसार १३ असार २०७७ देखि एमक्यापको म्याद सकिएको छ ।
तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग गोरखाका प्रमुख पशुपति अधिकारी भने एमक्यापका पदाधिकारीहरूको कमजोरीका कारण जडीबुटीको चोरी निकासीमा मद्दत पुगेको बताउँछन् । ‘एमक्यापको म्याद त त्यहाँका पदाधिकारीले सकियो भनेर हुन्छ रु सरकारले भनेको छैन । उहाँहरूको म्याद नै सकिएको छैन । एमक्याप भित्रका पदाधिकारीबीचको आन्तरिक समस्याका कारण उहाँहरू बन्द भयो भन्दै बसिराख्नु भएको छ’, अधिकारीले भने, ‘उहाँहरु बन्द भयो भन्ने पैसा उठाउन नछाड्ने, तर काम नगर्ने भएकै कारण चोरीनिकासी भएको हो ।’
संरक्षण क्षेत्रमा जडीबुटीको उत्खनन् तथा ओसारपोसारको जिम्मा एमक्यापलाई नै भएको अधिकारी बताउँछन् । ‘एमक्यापले नै त्यहाँको सबै व्यवस्थापन हेर्ने हो । त्यहाँ अनुमति दिनेदेखि सबै काम एमक्यापले नै गर्ने हो । हामीले त त्यहाँ केही उजुरी पर्यो, मुद्दा पर्यो भने हेर्ने हो’, उनले भने ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया