गोरखामा संरक्षण क्षेत्रभित्र बढ्यो ‘जडीबुटी’ तस्करी

गोरखा । मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० को म्याद थप नहुँदा जडीबुटीको चोरी तस्करी बढेको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा पर्ने संरक्षण क्षेत्रको वनबाट जडीबुटी तस्करी हुने गरेको हो ।
यस संरक्षण क्षेत्रभित्र पाइने सेतो चिनी, यार्सागुम्बा, सतुवा, वनलसुन लगायतका बहुमूल्य जडीबुटीहरूको खुलेआम चोरी तस्करी हुने गरेको स्थानीयहरू बताउँछन् ।
‘अहिले त कतैबाट अनुमति पनि नलिई संरक्षण क्षेत्रबाट धमाधम जडीबुटी चोर्ने काम भइरहेको छ । यहाँका प्रहरी, प्रशासन जनप्रतिनिधि सबै मौन छन् । उनीहरुको मौनताले यहाँ आर्थिक चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ’, नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘यदी त्यहाँ आर्थिक चलखेल नभएको भए किन तस्करी हुँदा पनि मौन छन् रु’
म्याद सकिनुअघि एमक्यापले नै यस क्षेत्रबाट जडीबुटी उत्खनन तथा ओसारपोसार गर्न अनुमति दिन्थ्यो । तर, एमक्यापको म्याद थप नहुँदा अहिले अनुमतिविनै जडीबुटीको चोरी निकासी भएको हो ।
‘अहिले हामीले अनुमति दिएका छैनौँ । हाम्रो आयोजनाको म्याद सकिसकेको छ । तर, म्याद थप भएको छैन । हाम्रो म्याद सकिएपछि हामीसँग अनुमति दिने अधिकार छैन,’ एमक्यापका सूचना अधिकारी अचित तुम्बाहाम्फेले भने । उनका अनुसार १३ असार २०७७ देखि एमक्यापको म्याद सकिएको छ ।
तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग गोरखाका प्रमुख पशुपति अधिकारी भने एमक्यापका पदाधिकारीहरूको कमजोरीका कारण जडीबुटीको चोरी निकासीमा मद्दत पुगेको बताउँछन् । ‘एमक्यापको म्याद त त्यहाँका पदाधिकारीले सकियो भनेर हुन्छ रु सरकारले भनेको छैन । उहाँहरूको म्याद नै सकिएको छैन । एमक्याप भित्रका पदाधिकारीबीचको आन्तरिक समस्याका कारण उहाँहरू बन्द भयो भन्दै बसिराख्नु भएको छ’, अधिकारीले भने, ‘उहाँहरु बन्द भयो भन्ने पैसा उठाउन नछाड्ने, तर काम नगर्ने भएकै कारण चोरीनिकासी भएको हो ।’
संरक्षण क्षेत्रमा जडीबुटीको उत्खनन् तथा ओसारपोसारको जिम्मा एमक्यापलाई नै भएको अधिकारी बताउँछन् । ‘एमक्यापले नै त्यहाँको सबै व्यवस्थापन हेर्ने हो । त्यहाँ अनुमति दिनेदेखि सबै काम एमक्यापले नै गर्ने हो । हामीले त त्यहाँ केही उजुरी पर्यो, मुद्दा पर्यो भने हेर्ने हो’, उनले भने ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया