कोरियोग्राफर गणेश आचार्यलाई जमानत
मुम्बई । बलिउडका कोरियोग्राफर गणेश आचार्यलाई मुम्बईको एक मजिस्ट्रेट अदालतले यौन उत्पीडन मामलामा जमानत दिएको छ ।
प्रहरीका अनुसार गणेशविरुद्ध सन् २०२० मा एक महिलाले यौन उत्पीडनको प्राथमिक उजुरी दर्ता गराएकी थिइन् । उजुरीपछि प्रहरीले गणेशविरुद्ध चार्जशीट दर्ता गराएको थियो । उनीमाथि एक महिला डान्सरले यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।
महिला कोरियोग्राफरले आफू गणेशको कार्यालयमा काम गर्दा अपशब्द बोल्ने र अश्लील भिडियोसमेत देखाउने गरेको आरोप लगाएकी थिइन् । आफूले यो विषयमा भारतीय फिल्म र टेलिभिजन कोरियोग्राफर एसोसिएसनलाई जानकारी गराए पनि एसोसिएसनले उल्टै आफ्नो सदस्यतासमेत खारेज गरिदिएको खुलाएकी थिइन् ।
महिलाका अनुसार एक मिटिङमा आफूमाथि गरेको व्यवहारको विरोध गर्दा आफूलाई गणेश र उनका साथीहरुले कुटपिट गरेका थिए । त्यसपछि उनी प्रहरीको पुगे पनि प्रहरीले उजुरी दर्ता गर्न मानेन् । त्यसपछि उनले वकिलको सहारा लिइन् ।










‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
सिमरा प्रदर्शन : संयमता अपनाउन प्रचण्डको आग्रह
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रतिक्रिया