उपराष्ट्रपति पुगे नर्भिक अस्पताल
मेरोन्यूज
२०७९ असार १० गते १८:१४

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेका छन् ।
दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक पुगेका हुन् । अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए । उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।
अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटीलगायतका परीक्षण गरिएको थियो । उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सकले बताए ।
सम्बन्धित
















चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया