ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु दुई घाइते
काठमाडौँ । तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरो प्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो ।
दुर्घटनामा सोही स्थानका ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्र्याक्टरमा सवार २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए ।
गम्भीर घाइते दुवैलाई वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको विकले बताए । राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
















साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया