चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
मेरोन्यूज
२०८२ माघ २१ गते १६:३४

काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन फागुन २१ गते नै हुने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले चुनाव दुई चरणमा नगरी एकै चरणमा सम्पन्न गर्नुपर्ने सुझाव दिए। उनले निष्पक्ष र स्वच्छ वातावरण सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्। निष्पक्ष वातावरण तय गरियोस्। यो पटकको निर्वाचन सामान्य होइन, असाधारण परिस्थितिमा हुन लागेको चुनाव हो। राष्ट्र र जनताको हितमा ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ।’
प्रचण्डले अझै पनि केही व्यक्तिहरूले चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का व्यक्त गरिरहेको उल्लेख गर्दै तोकिनेकै मितिमा चुनाव हुनुपर्ने स्पष्ट पारे।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया