सस्तो खाना घर : जहाँ पैसा नहुँदा खान पाइन्छ

शहरमा दिनहुँ जसो नयाँ–नयाँ क्याफे र रेस्टुराँ खुलिरहेका छन् । हरेक चोक र पाइलैपिच्छे बग्रेल्ती खुलेका क्याफे र रेस्टुराँको आकर्षक सजावट लोभ लाग्दो देखिन्छ । तर, महंगा यी क्याफे र रेस्टुराँमा पस्ने सबैको आर्थिक क्षमताले भ्याउँदैन । दिन प्रतिदिन बढ्दो महंगीले शहरमा छाक टार्न धौधौ छ । श्रमजिवी वर्गलाई भोक मेटाउनै मुस्किल छ ।
मजदुर र श्रमजिवी त्यही वर्गलाई लक्षित गर्दै नयाँ बानेश्वर चोकैमा खुलेको छ, ‘सस्तो खाना घर’ । बैंक अफ काठमाडौँको भूँइ तलामा रहेको ‘सस्तो खाना’ घरमा पसेर पैसा हुनेले सस्तोमा खाना, खाजा खान सक्छन् । पैसा नहुनेले निःशुल्क आफ्नो भोक मेटाउन सक्छन् । तपाईंले पर्स बोक्न भुल्नु भयो, वा खल्तीमा एक पैसा छैन भने पनि खाना खान सक्नु हुन्छ ।
‘सस्तो खाना घर’को सञ्चालन गरेका हुन, उदयपुरका सुशील ढुंगानाले । यहाभित्र छिरेपछि तपाईं कुनै रेस्टुराँ होइन घरमै पसेको अनुभूति गर्नु हुने छ । यो कर्ममा सुशीललाई साथ दिएकी छिन्, उनकै जीवनसाथी सरुले । भोक गरिबलाई मात्र होइन धनीलाई पनि लाग्छ । खल्तीमा पैसा नहुन सक्छ । कुनै दिन पर्समा एटिएम कार्ड छुट्न सक्छ । झन् श्रमिक वर्ग, विद्यार्थी, कम आयस्रोत भएकालाई भोक मेटाउनका लागि सस्तो रेस्टुराँ फेला पार्नै गा¥हो छ । यस्तै समस्या र अभाबबाट गुज्रिएकालाई लक्षित गर्दै सस्तो खाना खुलेको हो ।
सुशीलले २०७४ मा बीमासम्बन्धि एउटा कन्फ्रेन्समा सहभागी हुन नर्वे जाने मौका पाएका थिए । विदेशमा रहने नेपालीहरुलाई श्रम स्वीकृतिबारे प्रशिक्षण दिन नर्वे गएका बेला उनले नयाँ कुरा पनि सिके । त्यहाँको सामाजिक सुरक्षा सिस्टमबाट उनी प्रभावित बने । र, नर्वे पुग्दा सुशीलले सस्तो खानाको अवधारणा देखेका थिए । यस्तो सिस्टमबाट उनी प्रभावित बने । त्यही कुरा नेपालमा पनि लागु गर्न पाए भन्ने उनलाई लाग्यो । तयारी अलि अगाडिकै भए सुरुवात गर्न भने उनलाई केही समय लाग्यो ।
खाना, खाजा र चियाका लागि नयाँ बानेश्वरस्थित सस्तो खानामा एकैपटक सय जना बस्न सक्छन् । बिहान ६ बजे खुल्ने सस्तो खाना रेस्टुराँ राति साढे ९ बजे बन्द हुन्छ । सस्तो खानामा बजेट लञ्च मात्र होइन । सहुलियत लञ्च पनि उपलब्ध छ । बजारभन्दा सस्तो तर बजेट लञ्चभन्दा अलि महंगो छ । यहाँ खाने सुविधा मात्र होइन बिभिन्न कार्यक्रम र कन्फ्रेन्स गर्न चाहनेका लागि त्यो पनि सुविधा छ ।

जसले सस्तो खानाको सेवा लिए, सबैले राम्रो प्रतिक्रिया दिएका छन् । यो कामको मूल्यांकनको तारिफ गर्दै कतिले रेस्टुराँमै पुगेर खाना स्पोन्सर्ड गर्छन् भने कतिले बैंक खाता नम्बर मागेर डोनेशन गर्ने इच्छा राख्छन् । अहिलेसम्म डेढ दर्जन बढीले डोनेसन गरिसकेका छन् । रेस्टुराँकै दरमा होमडेलिभरी सेवा लिन खोज्नेको संख्या पनि बढिरहेको छ ।
एक जना साथीले आफ्नो आमाको वार्षिकीमा २१ जनालाई खाना स्पोन्सर्ड गरे । अर्का एक व्यक्तिले १५ जनालाई खाना स्पोन्सर्ड गरे । यसरी विभिन्न व्यक्तिले ८०–९० वटा खाना रिजर्भड् गरेका थिए । अहिलेसम्म १० वटा जति खाना गइसक्यो । यस्तोलाई सस्पेन्सन मिल नाम दिएका छन् ।
अभावले जन्मायो ‘सस्तो खाना घर’
०६० सालमा उदयपुरको नेपालटारबाट घुम्ने सिलसिलामा काठमाडौँ प्रवेश गरे । कन्काई बहुमुखी क्याम्पसबाट म्यानेजमेन्टमा स्नातक पूरा गरेका उनी त्यसपछि यतै बसे । ०६३ मा सुशील विभिन्न संकटबाट गुज्रिरहे । खल्तीमा १० रुपैयाँ मात्र हुँदा गाडी चढ्ने कि चिया पिउने भन्ने लाग्थ्यो । त्यो बेला १० रुपैयाँमा दुनट, चिया आउँथ्यो । गाडी चढेर गन्तब्यमा पनि पुगिन्थ्यो । बिकल्प सिमित थिए । छेउमा बस्ने मानिस विभिन्न खानेकुराका परिकार अर्डर गर्थे । आफूलाई त्यो दृश्य देख्दा अफ्ठ्यारो लागिरहेको हुन्थ्यो । पैसा नहुँदा कुनै नयाँ काम गर्न नसकिने रहेछ ।
अहिले पनि मासिक ८–१० हजार तलब खाने छन् । पैसा तिर्न सक्नेका विकल्प धेरै छन् । राम्रा राम्रो होटल छन् । अनलाइन डेलिभरी गर्ने कम्पनीले घर र अफिसमै खानेकुरा पुर्याइदिन्छन् । अभाव र कम तलबमा जीवन निर्वाह गरिरहेको वर्गलाई लक्षित गर्दै सुशीलले सस्तो खाना सञ्चालनमा ल्याएका हुन् ।
‘थोरै पैसामा गुणस्तरीय खाना खुवाउने हाम्रो योजना हो,’ उनले सुनाए, ‘कोही पैसा नभएका व्यक्तिहरु आउनु भयो भने निःशुल्क खाना खुवाउँछौँ ।’ कतिले आफ्नो जन्मदिन, वार्षिकोत्सव जस्ता विशेष अवसरमा अरुको खाना स्पोन्सर्ड गरिदिन्छन् ।
बानेश्वर जस्तो ठाउँमा रेस्टुराँको भाडा महंगो छ । मासिक भाडा एक लाख ७५ हजार र किचेनको बेग्लै १५ हजार रुपंैयाँ बुझाउनु पर्छ । त्यसमाथि सरकारलाई बुझाउनु पर्ने कर २ लाख रुपंैयाँ कट्छ । सस्तो खानाले नाफा कमाउने सोच त राखेकै छैन । बरु थोरै पैसामा धेरै परिमाण बेचेर सेवा गर्ने सोच छ । ३ सय वटा खाना बेचेपछि मात्र नाफा कमाईने सञ्चालक सुशीलले बताए । अहिले सस्तो खानाले ६ जनालाई रोजगारी प्रदान गरेको छ । व्यवसायिक कुक लगायत अन्य ४ जना स्टाफ थप्ने तयारी भइरहेको सञ्चालक सुशीलले बताए ।

यो एक प्रकारको अवधारणा हो । यसलाई सुशील र उनको टिमले अभियानका रुपमा लैजान खोजेको छ । ‘हामी नेता र अरुप्रति गुनासो गर्छौं । तर, राज्यप्रति आफै कति उत्तरदायि हुन्छौं ?’ उनी भन्छन्, ‘सक्नेले डोनेसन गर्छन् । नसक्नेले खान्छन् ।’ उनका अनुसार काठमाडौँमा यस्तै ५० वटा संस्था हुने हो भने धेरैको भोक मेटिन्छ ।
सुशीलको योजना
‘सस्तो खाना घर’ ले नयाँ बानेश्वर क्षेत्रका घर, कार्यालयमा होम डेलिभरी गर्ने योजना राखेको छ । मानिसहरुको आवागमन बढी हुने राजधानीका अन्य विभिन्न स्थानमा यसका ब्राञ्च सञ्चालन गर्ने योजना पनि रहेको छ । महाबौद्ध, न्युरोड, कोटेश्वर, कलंकी, गोंगबु, गौशाला लगायतका क्षेत्रमा मजदुर तथा सर्वसाधारण यात्रुहरुको चहलपहल हुन्छ । त्यस्ता स्थानमा सस्तो खानाले आफ्नो ब्राञ्च बिस्तार गर्ने तयारी पनि थालिसकेको छ ।
मनकारी सुशीलको सोच छ, यदि तीन करोडले एक छाक मात्र खाना डोनेट गर्ने हो भने बाँकी ३ करोड नागरिकले खान पाउँछन् । साँच्चै यत्ति कुरा व्यवहारमा लागु हुने हो भने गरिबी र अभाबमा बाँच्नकै लागि संघर्षरत वर्गले ठूलो राहत पाउने थियो ।

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया