चीनले २९ लडाकु विमान ताइवानको वायुरक्षा क्षेत्रमा पठायो
मेरोन्यूज
२०७९ असार १२ गते २१:२३

काठमाडौँ । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानमध्ये १७ वटा लडाकु विमान, ६ बम वर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमान दक्षिण पश्चिम क्षेत्रबाट मंगलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उदृधत गर्दै जनाएको छ ।
यसअघि शुक्रबार अमेरिकी नौसेना पी ८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो । ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता’को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ ।
ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ । अमेरिकाले यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोका साथ अध्ययन गरिरहेको छ ।
सम्बन्धित
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया