शनिबार, माघ २४, २०८२

एकीकृत समाजवादीलाई रामचन्द्र पौडेलको व्यंग्य : रामकुमारीलाई रुवाएर समाजवाद आउँदैन

मेरोन्यूज २०७९ असार १३ गते १९:४५

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द पौडेलले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद नआउने बताएका छन् ।

सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद ः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले नेताहरूले समाजवादको कुरा गरे पनि व्यवहारमा त्यसअनुसार नभएको बताए ।

उनले पार्टीहरूले सरकारमा मन्त्री पठाएर चार दिन काम गर्न नपाई सबैलाई पालो पु¥याउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको बताए । उनले मन्त्री बन्न सबैको पालो पु¥याउनु पर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणी गरेका थिए । उनले नेताहरूले समाजवादको नारा बोक्ने तर काम भने प्रतिक्रियावादी र सामन्तवादी गरेको जिकिर गरे ।

नेता पौडेलले समाजवादको नारामा प्रतिक्रियावादी प्रवृति देखाउने गरिएको भन्दै अब राजनीतिक दलका नेता तथा कार्यकर्ता बदलिनु पर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया