मंगलबार, वैशाख १५, २०८३

मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरी के गरिरहेछ ?

मेरोन्यूज २०७९ असार १४ गते ८:०५

काठमाडौं । वर्खा लागेपछि विपदको जोखिम सधैभरी देखा पर्छ । यस्तो बेला पूर्व तयारी गर्नुपर्ने हुन्छ । भवितब्य घटना भएपछि त्यसको ब्यवस्थापनको तयारीमा जुटनु भन्दा पूर्व तयारीकै रुपमा विपद ब्यवस्थापनलाई अगाडी बढाउनु वुद्धिमता हुन्छ ।

Advertisement
NiccNicc

त्यसै अनुसार, शसस्त्र प्रहरी बललले विपद ब्यवस्थापनका लागि आफनो तर्फबाट केही तयारी गरेको जनाएको छ । शसस्त्र प्रहरी वल प्रधान कार्यालयले दिएको जानाकारी अनुसार, शसस्त्रले विपद ब्यवस्थापनका लागि निम्न अनुसारको कार्य गरेको छ :

  1. विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रुपमा विपद् व्यवस्थापन तालिम संचालन भईरहेको । हालसम्म 2034 जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिशिष्टिकृत विपद् व्यवस्थापन तालिम प्रदान गरिएको।
  2. विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई काठमाण्डौ उपत्यका भित्र 2 स्थान सहित 7 वटै प्रदेशमा से.मु. स्तरमा प्रदेश स्तरीय विपद् उद्धार टिम र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार गरि जम्मा 10 स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति परिचालन गरि तयारी हालतमा राखिएको।
  3. सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण कार्यालयहरुमा जल उत्पन्न प्रकोपमा प्रति कार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणहरु सहित २४ सै घण्टा उद्धार टोली Stand By रहने व्यवस्था गरिएको।
  4. विपद् उद्धारका आधुनिक सामाग्रीहरुलाई प्रदेश स्तरीय विपद् उद्धार टिमले प्रयोग गर्ने गरितयारी हालतमा राखिएको साथै काठमाण्डौं उपत्यकालाई मध्यनजर गरी सिनमंगल स्थित नं. 20 गण हे.क्वा. (विपद् उद्धार)लाई तयारी हालतमा राखिएको ।

प्रतिक्रिया