इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा

अमेरिका–इजरायलसँगको तनावबीच इरानलाई रुसको कुटनीतिक समर्थन जारी रहने रूसले जनाएको छ।
सोमबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेश मन्त्री अब्बास अराघचीबीच भएको भेटवार्तामा पुटिनले पश्चिम एसिया क्षेत्रमा शान्ति स्थापना गर्न हरसम्भव कदम चाल्ने आश्वासन इरानलाई दिएको क्रिमलिनका अधिकारीले जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग सेन्ट पिटर्सबर्गमा भेटवार्ता गरेको रुसी सरकारी न्यूज एजेन्सी तासले पुष्टि गरेको हो । भेटवार्तामा राष्ट्रपति पुटिनले इरानी जनताको प्रशंसा गर्दै आफ्नो सार्वभौमिकताका लागि बहादुरीका साथ लडिरहेको बताएका थिए।
नेता पुटिनले मध्यपूर्वमा शान्ति ल्याउनका लागि रुसले इरान र यस क्षेत्रका अन्य देशको हितमा सक्दो प्रयास गर्ने पनि बताएको समाचार संस्था तासले जनाएको छ ।
इरानी विदेशमन्त्री अराघचीको रूसी नेता पुटिनसँगको भेटका क्रममा अराघचीले अवस्था जस्तोसुकै भए पनि इरान र रुसबीचको सम्बन्ध अझ प्रगाढ हुने बताएका थिए । उनले दुई देशबीचको सम्बन्ध रणनीतिक साझेदारीको उच्चतम तह भएको बताए। उनले वर्तमान युद्ध, क्षेत्रीय तनाव वा अन्तर्राष्ट्रिय दबाबले रुस र इरानबीचको निकटतालाई कम नगर्ने सङ्केत गरे ।
रुस र इरानले ऊर्जा, रक्षा र क्षेत्रीय मामिलामा सहकार्य बढाइरहेका छन् । दुई देशले गत वर्ष दीर्घकालीन रणनीतिक साझेदारी सम्झौतामा पनि हस्ताक्षर गरेका थिए । रूसी नेता पुटिनसँगको वार्तामा इरानले आफ्नो सेनालाई स्ट्रेट अफ हर्मुजका लागि जिम्मेवार बनाउनुपर्ने बताएको छ ।
इरानको संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले सरकारी टेलिभिजनसँग भने, “सशस्त्र बलले पहिले नै जलडमरूमध्य नियन्त्रणमा लिइसकेको छ र ‘शत्रु पक्षका जहाज’ लाई पार गर्न रोक्ने प्रयास गरिरहेको छ ।” प्रस्तावित कानूनले यो जलमार्गबाट प्राप्त हुने आम्दानी स्थानीय मुद्रा (रियल) मा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको अजिजीले बताए ।
















बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया