कहाँ कहाँ भेटियो राजधानीमा हैजा संक्रमण ? कसरी जोगिने ?
उपत्यकाका १२ स्थानमा हैजाका संक्रमण देखा परिसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ

काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्म १२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । दुई साताअघि बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा पहिलो पटक हैजा देखिएको थियो । त्यसयता यसको संक्रमण क्रमश: विस्तार हुने क्रममा छ । उपत्यकाका काठमाडौं र ललितपुरमा संक्रमण पुष्टि भईसकेको छ । भक्तपुरमा भने यो देखिइसकेको भने छैन ।
हैजा संक्रमण पुष्टि भएका विरामीहरुको उपचारका लागि सरकारले डेडिकेडेड अस्पतालका रुपमा पाटन अस्पताललाई तोकेको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएको र विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
हैजाका जीवाणु देखिएका बिरामीको टेकु, पाटन, बयोधालगायत अस्पतालमा उपचार भइरहेको छ। पाटन अस्पताल र वयोधा अस्पतालमा एकएक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जना हैजाका बिरामी उपचाररत छन् ।
के हो हैजा ?
हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ । नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक संक्रामक रोग भनेर लेखिएको छ । यसका लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन् ।
हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ । यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ । शरीरमा भएको जलवियोजनका कारण छाला नीलो भएर जान सक्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् ।
हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरियाका कारणले हुने रोग हो । जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन् । यो रोग प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ ।
हैजाका मुख्य लक्षणहरू ठूलो मात्रामा पानी जस्तै- पातलो पखाला लाग्नु तथा बान्ता हुनु हुन् ।
प्रायजसो यी लक्षणहरू शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र अचानक देखा पर्छन् । हैजाका कारणले हुने पखाला चौलानीजस्तै सेतो हुने हुनाले यसलाई अंग्रेजीमा राइस वाट भनिन्छ । यस्तो पखालाको गन्ध माछाको जस्तै हुन्छ ।
यी ठाँउमा देखिए हैजाको संक्रमण
काठमाडौंमा : बागबजार, डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप, बूढानिलकण्ठ र कोटेश्वरमा
ललितपुरमा : सानेपा
कसरी जोगिने ?
- स्ट्रिट फुडको गुणस्तरमा ध्यान दिनुपर्ने
- जार, धारा, क्यान्डिल फिल्टरको पानी मात्र नभई सकेसम्म सबै खालको पानी राम्ररी उमालेर मात्र सेवन गर्ने
- मम: हालिने झोल, पानीपुरीको पानी, झिंगा भन्केको, चिसो तरल खाद्य पदार्थ हालका लागि सेवन नगर्ने
- स्कूल, कलेज, कार्यालयहरुको क्यान्टिनको सरसफाई र खानेकुराको गुणस्तरमा ध्यान दिने
- विद्यार्थीलाई नङ काट्ने, नुहाउने र सरसफाईमा ध्यान दिन लगाउने











थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया