वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध

बुटवल/ सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना सवारीसाधनहरुको आवागमन पनि रोकिएको छ । पानीको छहरासँगै गएको पहिरोले सवारीसाधन आवागमन रोकिन पुगेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान ६ बजेदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भए पनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरु खसेका छन् । सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरु खसेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विष्णुबहादुर कुँवरले बताए ।
अहिले दुवैतर्फ सवारी साधनहरु रोकिएका छन् । रुपन्देहीसहित धेरै ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । वर्षाले ठाउँठाउँका सडकहरुमा पानी जम्दा यातायात ओहोरदोहोरमा समस्या देखिएको छ । सिद्धबाबाबा वर्ष हुनासाथ लगातार पहिरो जाने गर्छ । वर्षा नरोकिएसम्म सडक खुल्ने संभावना कम रहेको प्रहरीको भनाइ छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया