ललितपुर, धादिङ र धनुषाबाट विभिन्न हातहतियार सहित चार जना पक्राउ

काठमाडौं । ललितपुर, धादिङ र धनुषाबाट प्रहरीले विभिन्न हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट एक थान पेस्तोल र सोको दुई राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
धादिङको खनियावास गाउँपालिका–२ अक्थलीबाट म्याग्जिन सहितको एक थान पेस्तोल र एक थान खुकुरी सहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही गाउँपालिका–२ झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र सोही ठाउँ बस्ने २५ वर्षीय अविनाश तामाङ रहेका छन् ।
उनीहरूले पेस्तोल राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापाचोक बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारीलाई एक थान पेस्तोल र एक राउण्ड गोली सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवादको कारण अधिकारीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया