ललितपुर, धादिङ र धनुषाबाट विभिन्न हातहतियार सहित चार जना पक्राउ

काठमाडौं । ललितपुर, धादिङ र धनुषाबाट प्रहरीले विभिन्न हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट एक थान पेस्तोल र सोको दुई राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
धादिङको खनियावास गाउँपालिका–२ अक्थलीबाट म्याग्जिन सहितको एक थान पेस्तोल र एक थान खुकुरी सहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही गाउँपालिका–२ झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र सोही ठाउँ बस्ने २५ वर्षीय अविनाश तामाङ रहेका छन् ।
उनीहरूले पेस्तोल राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापाचोक बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारीलाई एक थान पेस्तोल र एक राउण्ड गोली सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवादको कारण अधिकारीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया