शनिबार, माघ २४, २०८२

डुबेर तीन जना बालबालिकाको मृत्यु

मेरोन्यूज २०७९ असार १४ गते १४:४४

काठमाडौँ । सिरहा र कैलालीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ ।

सिरहाको सुखिपुर नगरपालिका ५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार मृत्यु भएको हो । घर छेउमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा खसेर डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको लम्की चुहा नगरपालिका ८ मलभंगा बस्ने लाल बहादुर बिष्टकी छोरी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिम बहादुर कुँवरकी छोरी ६ वर्षीया भावना कुँवरको सोमबार साँझ डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित बडिमालिका इँट्टाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा खसेर डुबेको अवस्थामा उनीहरू भेटिएका थिए ।

उद्दार गरी उपचारको लागि खापर हेल्थ क्लिनिकमा लगेकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया