नेपालमा विश्वकै दूर्लभ क्यान्सरको उपचार, भारतबाट आएका थिए विरामी

काठमाडौँ । नेपालमा विश्वकै दूर्लभ प्रकारको क्यान्सरको शल्यक्रिया भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको न्युरो सर्जन युनिट र कार्डियो थोरापिक भास्कुलर युनिट (सीटीभीएस)को टोलीले उक्त क्यान्सरको शल्यक्रिया गरेको हो ।
भारतको बिहार प्रान्तका सात वर्षीय बालकको न्युरोग्याङ्गिलिओमा भएको क्यान्सरको ट्युमरको शल्यक्रिया गरेका अस्पतालले जनाएको हो । यो क्यान्सरको ट्युमर बालकको घाँटीबाट सुरु हुने मेरुदण्डको हड्डी हुँदै फोक्सोसम्म पुगेको थियो ।
शल्यक्रियामा संलग्न प्रमुख न्यूरो सर्जन डा. आलोक दाहालले यस्तो प्रकारको क्यान्सर १० लाखमध्ये एक जनामा हुने बताए । उनले यो क्यान्सर बालबालिकामा देखिनु थप दुर्लभ भएको बताए । क्यान्सरको ट्युमरलाई पहिले न्युरो युनिट र दुई सातापछि सीटीभीएस टिमले शल्यक्रिया गरेका थिए ।
न्युरोग्याङ्गिलिओमाले च्याप्दै लगेपछि बालकको उमेर करिब चार वर्ष नपुग्दै हातखुट्टा चल्न छाडेको थियो भने फोक्सोमा पनि ट्युमर फैलिएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
बालकको अवस्था जटिल हुँदै गएकाले तत्काल मेरुदण्डको ट्युमर हटाउन न्युरो सर्जरी युनिटले शल्यक्रिया गर्ने निर्णय गरेको डा. दाहालले बताए । उनका अनुसार ५ घण्टा लामो शल्यक्रिया गरेर ती बालकको मेरुदण्डमा फैलिएको ट्युमर निकालेको र हिँडडुल गर्न सक्ने भएपछि सीटीभीएसका एसोसिएट प्राध्यापक डा. लोकेश जैसवाल र डा. विजय साहको टोलीले फोक्सोमा फैलिएको ट्युमरको शल्यक्रिया गरेका थिए ।
उनका अनुसार ती बालकलाई उपचारका लागि वैशाख ४ गते भर्ना गरेर गत जेठ १ गते डिस्चार्ज गरिएको थियो । सोमबार फलोअपका लागि बोलाइएका ती बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बीपी प्रतिष्ठानमा बालकको मेरुदण्ड र फोक्सोको ट्युमर निकाल्दा बढीमा ७० हजार रुपैयाँ मात्रै खर्च भएको थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया