सार्वजनिक रूपमै ‘माझीऔंला’ देखाउने यी बलिउड सेलिब्रेटी !

मुम्बई । बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझीऔंला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभित धुलिपालादेखि सोनम कपुरसम्म छन् ।
सूचीको पहिलो नम्बरमा शोभित धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भएको थियो । जसमा उनी निकै रिसाएकी थिइन् । प्लेनमा यात्रारत अवस्थाको त्यो भिडियोमा उनले ‘माझीऔंला’ देखाएकी थिइन् ।
बलिउड अभिनेत्री सोनम कपुर आफ्नो बोल्ड र बोलीका कारण लोकप्रिय छिन् । फिल्म ‘प्लेयर्स’मा सेन्सर बोर्डसँग सम्बन्धित पत्रकारको एक प्रश्नमा उनले बोर्डप्रति ‘माझीऔंला’को इसारा गरेकी थिइन् ।
अभिनेत्री काजोलले आफ्नो भदैनीसँगको एक पार्टीमा रमाइरहँदा उनले ‘माझीऔंला’ देखाएकी थिइन् । जुन भिडियो भाइरल भएको थियो । कतिपयले उनलाई ट्रोल पनि गरेका थिए ।
अभिनेता रणवीर कपुरले फिल्ममा कैयौंपटक ‘माझीऔंला’ देखाएका छन् । तर वास्तविक जीवनमा पनि उनले यस्तो काम गरेका छन् । खासगरी ‘पापाराजी’बाट तनाव भएपछि उनले यो गतिविधि गरेका हुन् ।
‘आश्रम ३’ अभिनेत्री इशा गुप्ताले पनि हालै एक भिडियोमा ‘माझी औंला’ देखाएकी थिइन् । जुन भिडियो सार्वजनिक पछि उनी निकै ट्रोल बनेकी थिइन् ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया