एसईईमा सहभागी विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै

काठमाडौं । युनिग्लोब सेकेन्डरी स्कुल/कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल÷कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
फुटसलको विजेता टोलीले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतिय हुनेले रु २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै बास्केटबलतर्फ महिला र पुरुष दुवैतर्फबाट विजेताले २५ हजार, उपविजेताले १५ हजार र तृतिय हुनेले १० हजार रुपैयाँ पाउने छन् ।
फुटसलतर्फ ६४ वटा टिम र बास्केटबल पुरुषतर्फ ३२ वटा टिम र बास्केटबल महिलातर्फ १६ वटा टिम सहभागी हुने छन् । कमलादीस्थित युनिग्लोब कलेजमा आज पत्रकार सम्मेलन गरी सम्पुर्ण टिमहरुलाई ओरियन्टेसन गरी कार्यक्रमको बारेमा जानकारी दिईएको थियो ।
उक्त खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीहरुमात्र सहभागि हुन सक्नेछन् भने सहभागिताको लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएका छन् ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया