सडकबाट चिप्लेर ढुंगाको ओट लाग्यो कांग्रेस उपसभापति धनराज गुरूङ चढेको गाडी
मेरोन्यूज
२०७९ असार १६ गते १०:००

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । रामेछापमा गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो। गाडी सडक छाडेर छेउतर्फ गएको थियो। ढुंगाको ओट लागेर गाडी रोकिएको उपसभापति गुरूङले बताए । उनले आफू सकुशल रहेको जानकारी पनि दिएका छन् ।‘ठूलो दुर्घटनाबाट जोगियो। बाटो चिप्लो भएका कारण गाडी सडक छेउबाट तल खस्न लागेको थियो। ढुंगाको ओट लाग्यो, हामी सबै जना सकुशल छौं,’ उपसभापति गुरूङले भने, ‘एक्साभेटर बोलाएर गाडी तान्ने तयारी छ।’
सम्बन्धित
















६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया